कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा « Khabarhub

कराँचीमा साताको चार दिन लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँची शहरमा प्रहरीले लुटेराहरूको गिरोहलाई पक्राउ गरेको छ । महिलालाई बन्दुक देखाउँदै गहना लुट्ने लुटेराको गिरोहलाई पक्राउ गरिएको प्रहरीका एसएसपी एजाज अहमदले जानकारी दिए ।

गिरोहका नाइके जिब्रानका साथै वकास र अनिस नाम गरेका लुटेरालाई पक्राउ गरिएको उनको भनाइ छ ।

उक्त गिरोह पछिल्ला दुई वर्षयता लुटपाटका घटनामा संलग्न रहेको उनको भनाइ छ । साताको चार दिन लुटपाट गर्दै आएको यो गिरोहले हालसम्म १ सय भन्दा धेरै अपराध गरिसकेको बताइएको छ ।

प्रहरीले यो गिरोह कराँचीको क्लिफ्टन, गिजरी र अरु इलाकामा सक्रिय रहेको समेत जनाएको छ । 

सुशासनको अभाव एवम् सुरक्षा निकायको बेवास्ताका कारण कराँचीजस्ता पाकिस्तानका ठूला शहरमा अपराधका घटना बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ४१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र