एकीकृत समाजवादी: केन्द्रीय विभाग र प्रदेश कमिटीका प्रमुखहरू ताेकिए « Khabarhub

एकीकृत समाजवादी: केन्द्रीय विभाग र प्रदेश कमिटीका प्रमुखहरू ताेकिए


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।

केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउँदा महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएको नेकपा एसले जनाएको छ ।

त्यस्तै उपमहासचिव विजय पौडेलले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । अर्थ विभागको प्रमुख सोमप्रसाद पाण्डे चयन भएका छन् भने स्कुल विभागको प्रमुख प्रमेश हमाल भएका छन् ।
संसदीय विभाग प्रमुख जीवनराम श्रेष्ठले पाएका छन् । त्यस्तै प्रदेश कमिटीले पनि पूर्णता पाएको नेकपा एसले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १० : ४६ बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार