नेपालस्थित राजदूतहरू र अवैतनिक महावाणिज्य दूतहरूबीच छलफल « Khabarhub

नेपालस्थित राजदूतहरू र अवैतनिक महावाणिज्य दूतहरूबीच छलफल


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित राजदूतहरू र अवैतनिक महावाणिज्य दूतहरूबीच छलफल भएको छ ।

अवैतनिक महावाणिज्य दूतहरूको क्लब (अनरेरी कन्सुलर कोप्‍ र्स–नेपाल) को आयोजनामा भएको कार्यक्रममा अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसीसी–एन) का डीन लोकमान्य गोल्छाले कोभिड १९ को पहिलो र दोस्रो लहरमा विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन विभिन्न देशका कूटनीतिक व्यक्तिहरूले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरे ।

नेपालस्थित परराष्ट्र मन्त्रालय र विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर सामाजिकीकरण गर्न यो कार्यक्रम गरिएको पोर्चुगलका लागि अवैतनिक महावाणिज्यदूत राजेन्द्रकुमार खेतानले बताए ।

अनरेरी कन्सुलर कप्र्स नेपालले प्रत्येक वर्ष साउन ७ मा वार्षिक साधारण सभा गर्ने गरेको छ ।

साधारण सभा भएको प्रत्येक ६ महिनामा परराष्ट्र मन्त्रालयका अधिकारी र विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर यो स्वागत कार्यक्रम आयोजना हुने गरिएको अनरेरी कन्सुलर कोप्‍ र्स नेपाल (एचसीसी–एन) का डीन लोकमान्य गोल्छाले बताए ।

छलफलमा नेपालस्थित परराष्ट्र मन्त्रालयका अधिकारी, विदेशी कूटनीतिक नियोगका प्रमुख, अवैतनिक महावाणिज्य दूतहरू, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, कोरिया गणतन्त्र, मलेसिया, नर्वे, पाकिस्तान, स्वीट्जरल्याण्ड तथा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका राजदूतहरूको उपस्थित थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ०६ बजे

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये