भाद्र ३१ मा ‘झिँगेदाउ’ « Khabarhub

भाद्र ३१ मा ‘झिँगेदाउ’


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ आउँदो वर्ष २०७९ को भाद्र ३१ मा प्रदर्शन हुने भएको छ ।

निर्माण पक्षले फस्टलुकअन्तर्गत एक पोष्टर सार्वजनिक गर्दै डेट घोषणा गरेको हो ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पात्रहरू मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मालगायत फिचर्ड छन् । डेढ दशकअघि व्यावसायिक सफल फिल्म निर्देशकका रूपमा चिनिने ज्ञानेन्द्र यसै फिल्म मार्फत निर्देशनमा फर्किएका छन् ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भएको हो । फिल्मको छायाँकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ भने यसको पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ४० बजे

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार

आज गीता जयन्ती मनाइँदै

काठमाडौं– वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण