भाद्र ३१ मा ‘झिँगेदाउ’ « Khabarhub

भाद्र ३१ मा ‘झिँगेदाउ’


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ आउँदो वर्ष २०७९ को भाद्र ३१ मा प्रदर्शन हुने भएको छ ।

निर्माण पक्षले फस्टलुकअन्तर्गत एक पोष्टर सार्वजनिक गर्दै डेट घोषणा गरेको हो ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पात्रहरू मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मालगायत फिचर्ड छन् । डेढ दशकअघि व्यावसायिक सफल फिल्म निर्देशकका रूपमा चिनिने ज्ञानेन्द्र यसै फिल्म मार्फत निर्देशनमा फर्किएका छन् ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भएको हो । फिल्मको छायाँकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ भने यसको पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ४० बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती