खोटाङका सबै स्थानीय तहमा टुंग्यायो एमालेले उम्मेदवार  « Khabarhub

खोटाङका सबै स्थानीय तहमा टुंग्यायो एमालेले उम्मेदवार 


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ ।

साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेद्वार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ ।

एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेद्वार बनाइएका हुन्।

२०७४ सालकै निर्वाचनमा केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई, उपाध्यक्षमा निर्वाचित विमला राई तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्षमा चुनिएकी पुष्पकला भुजेलले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा चुनाव लड्ने मौका पाएका हुन् ।

२०७४ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा चुनिएका दिपनारायण रिजाल, खोटेहाङ गाउँपालिका अध्यक्षमा निर्वाचित प्रदीप राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा निर्वाचित लिलानाथ निरौला, रावाबेँसी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित समला राई र केपिलासगढी गाउँपालिका उपाध्यक्षमा चुनिएकी हिरादेबी वन चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।

एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा भने दुई जनाको नाम सिफारिस गरेको छ । यसअघि उपमेयरमा निर्वाचित भएकी बिणादेबी राई दोस्रो कार्यकालका लागि सोही पदमा सिफारिस भएकी हुन् । यद्यपि उपमेयरमा सिफारिस गरिएकोप्रति बिणादेबीको चर्को असन्तुष्टि देखिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५७ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर