१८ करोड राजस्व छली गरेको आरोपमा मुद्दा दायर « Khabarhub

१८ करोड राजस्व छली गरेको आरोपमा मुद्दा दायर


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।

विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचवि ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिङ्का खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै एमके इन्टरनेशनलका प्रोपराइटर प्रमित महर्जन, एचवी ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र सोही ठाउँ बस्ने गणपति ट्रेड लिङ्कका प्रोपराइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

शुभलक्ष्मी इन्टरनेशनलसमेतका कम्पनीले राजस्व चुहावट गर्ने मनसायस्वरुप नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करको विजक किनेर वित्तीय विवरण तथा आय विवरण तयार पारी आयकर ऐन, मुल्य अभिवृद्धि कर ऐन तथा नियम बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको फेला परेको विभागले एक सूचना जारी गरी जनाएको छ ।

उनीहरुले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दावी गरेको छ ।

अनुसन्धान गर्दा रु १८ करोड ५ लाख ६८ हजार विगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले विगो असुल गरी शत प्रतिशत जरिवाना तथा कैद सजायको मागदावी गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३७ बजे

विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता 

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न

प्रतिपक्षको सुझाव- संवैधानिक निकाय भत्काउने काम नहोस्

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ३ लाख मुनि झरेको

खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत

खोटाङ– खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा

कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार