सांघाइमा एकै दिन ३९ कोरोना संक्रमितको मृत्यु « Khabarhub

सांघाइमा एकै दिन ३९ कोरोना संक्रमितको मृत्यु


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सांघाइ – चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।

साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्ध रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन् । यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : १६ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार