गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा लामिछाने चयन « Khabarhub

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा लामिछाने चयन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भएका छन् । यसअघि बुद्धि सागर सुवेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयाँ जिम्मेवारी दिइएको हो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमा भित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नतिरे पछि सुवेदीको कार्यसमिति कार्यवाहीमा परेको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले जनाएका छन् । 

केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधानका अनुरूप गैर आवासीय नेपाली संघको विधान २००३ को संसोधन २०२१० दफा १७. ७) अनुसार सुबेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नु पर्ने अवस्था आएको सापकोटाले जनाए ।

यसअघि एआरएनए अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिँदै सबै हरहिसाब बुझाउन निर्देशन दिने निर्णय गरेको थियो । बैठकमा क्षेत्रीय उप संयोजकद्धय अभिमन्यु बस्नेत, पशुपति पाण्डे, पुरुषोत्तम बोहरा लगायतको उपस्थिति थियो । संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षद्वय कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई जानकारी दिएको बताए ।

यस्तै गैरआवासीय नेपाली संघ यूके समेत संघको विधान बमोजिम खारेजीको अवस्थामा पुगेको छ । संघलाई तिर्न पर्ने करिब ६० लाख रुपैयाँ बकौता रहँदा एनआरएनए यूकेको कार्यसमिति विगठनमा परेको हो । बेलायतस्थित केही अगुवाहरूले यसै साता एक भेलाको आयोजना गरि नयाँ तर्दश समिति गठनको तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४४ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट