गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा लामिछाने चयन « Khabarhub

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा लामिछाने चयन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भएका छन् । यसअघि बुद्धि सागर सुवेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयाँ जिम्मेवारी दिइएको हो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमा भित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नतिरे पछि सुवेदीको कार्यसमिति कार्यवाहीमा परेको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले जनाएका छन् । 

केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधानका अनुरूप गैर आवासीय नेपाली संघको विधान २००३ को संसोधन २०२१० दफा १७. ७) अनुसार सुबेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नु पर्ने अवस्था आएको सापकोटाले जनाए ।

यसअघि एआरएनए अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिँदै सबै हरहिसाब बुझाउन निर्देशन दिने निर्णय गरेको थियो । बैठकमा क्षेत्रीय उप संयोजकद्धय अभिमन्यु बस्नेत, पशुपति पाण्डे, पुरुषोत्तम बोहरा लगायतको उपस्थिति थियो । संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षद्वय कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई जानकारी दिएको बताए ।

यस्तै गैरआवासीय नेपाली संघ यूके समेत संघको विधान बमोजिम खारेजीको अवस्थामा पुगेको छ । संघलाई तिर्न पर्ने करिब ६० लाख रुपैयाँ बकौता रहँदा एनआरएनए यूकेको कार्यसमिति विगठनमा परेको हो । बेलायतस्थित केही अगुवाहरूले यसै साता एक भेलाको आयोजना गरि नयाँ तर्दश समिति गठनको तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४४ बजे

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा