स्थानीय तहको निर्वाचन : मध्यान्ह १२ बजेसम्म १६ हजार ५६८ उम्मेदवारी दर्ता « Khabarhub

स्थानीय तहको निर्वाचन : मध्यान्ह १२ बजेसम्म १६ हजार ५६८ उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो ।

आयोगले मनोनयन दर्ताको लागि आइतबार र सोमबार दुई दिन समय छुट्टयाएको थियो । मनोनयन दर्ता गर्न सोमबार बेलुकी पाँच बजेसम्म पाइने छ ।

हालसम्म उम्मेदवारी दिनेमा प्रदेश १ मा २ हजार ९९२, मधेस प्रदेशमा ५ हजार ४९, बागमती प्रदेशमा २ हजार २७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३७ जना रहेका छन् ।

हालसम्म परेका उम्मेदवारीमध्ये प्रमुखको लागि ७६८, अध्यक्षको लागि ६१४, उपप्रमुखको लागि ३८३, उपाध्यक्षको लागि ३३४, वडा अध्यक्षको लागि ४ हजार ४३९, महिला सदस्यको लागि २ हजार ५४१, दलित महिला सदस्यको लागि २ हजार ५९ र सदस्यको लागि ५ हजार ४३० रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना