हेटौंडाको मेयरमा १७ जनाले मनोनयन दर्ता गराए « Khabarhub

हेटौंडाको मेयरमा १७ जनाले मनोनयन दर्ता गराए


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । आइतबार ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने सोमबार १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको