रेनुको पहिलो निर्णय : छोरीको बीमादेखि ७ हजार लिटर खानेपानी निःशुल्क « Khabarhub

रेनुको पहिलो निर्णय : छोरीको बीमादेखि ७ हजार लिटर खानेपानी निःशुल्क


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा पुन: निर्वाचित मेयर रेनु दाहालले आज पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गरेसँगै रेनुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् । जसमा भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिने उल्लेख छ। उनकाअनुसार बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुनेछ ।

त्यस्तै, ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ । यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ ।

मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ४६ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको