मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित « Khabarhub

मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ ।

ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ ।

बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएर पछ्याइरहेको छिन्। साह र सिंहबिचको मतान्तर २१ हजार १२१ छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा अडिएका छन् ।

उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डङ्गोल निर्वाचित हुने पक्का भएको छ । उनले सबैभन्दा धेरै मत पाएकी छन् ।

कूल १ लाख ९१ हजार १२५ मतमध्ये १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अहिले १९ हजार ३२३ मत गणना भइरहेको छ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ३२ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित