मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित « Khabarhub

मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ ।

ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ ।

बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएर पछ्याइरहेको छिन्। साह र सिंहबिचको मतान्तर २१ हजार १२१ छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा अडिएका छन् ।

उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डङ्गोल निर्वाचित हुने पक्का भएको छ । उनले सबैभन्दा धेरै मत पाएकी छन् ।

कूल १ लाख ९१ हजार १२५ मतमध्ये १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अहिले १९ हजार ३२३ मत गणना भइरहेको छ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ३२ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको