काठमाडौँ उपत्यकामा एक दिनमा १९ सय सवारी चालक कारबाहीमा  « Khabarhub

काठमाडौँ उपत्यकामा एक दिनमा १९ सय सवारी चालक कारबाहीमा 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारबाही गरेको छ ।

मंगलबार काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६१ जना र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने २३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु