भायानेटले २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा दिने « Khabarhub

भायानेटले २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा दिने


११ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले नयाँ अफर ल्याएको छ।

ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा केही सहुलियतमा प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेज प्रति महिना ९९९ रुपैयाँमा पाउनेछन् । साथै १७५ भन्दा धेरै टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभीसहितको बन्डल ११०० रुपैयाँमा लिन सक्नेछन् ।

यी दुवै योजनाहरूमा ५०० रुपैयाँ थपेर डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेटटप बक्स प्राप्त गर्न सकिनेछ ।

यो प्याकेजमार्फत बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य भायोनेटको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव, आकर्षक मूल्यमा प्रदान गर्न अग्रसर रहदै आएको जनाएको छ ।

भायानेटले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रायोजनका लागि इन्टरनेट सम्बन्धी नवीनतम समाधानहरू प्रदान गर्दै आएको दावी गर्दै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १२ : ५३ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,