भायानेटले २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा दिने « Khabarhub

भायानेटले २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा दिने


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले नयाँ अफर ल्याएको छ।

ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा केही सहुलियतमा प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेज प्रति महिना ९९९ रुपैयाँमा पाउनेछन् । साथै १७५ भन्दा धेरै टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभीसहितको बन्डल ११०० रुपैयाँमा लिन सक्नेछन् ।

यी दुवै योजनाहरूमा ५०० रुपैयाँ थपेर डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेटटप बक्स प्राप्त गर्न सकिनेछ ।

यो प्याकेजमार्फत बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य भायोनेटको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव, आकर्षक मूल्यमा प्रदान गर्न अग्रसर रहदै आएको जनाएको छ ।

भायानेटले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रायोजनका लागि इन्टरनेट सम्बन्धी नवीनतम समाधानहरू प्रदान गर्दै आएको दावी गर्दै आएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : ५३ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट