छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

झापाको शिवसताक्षी नगरपालिका–१ मा  को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२–०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीया जैती देबी चौधरी रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो । 

कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार सोही महानगरपालिका–३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापा रहेका छन् । 

सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । 

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : १३ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने