तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी « Khabarhub

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो ।

उपमहानगरको प्रमुखमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टिकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरी विजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरलाई पराजित गरिन्।

चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा मगरले २१ हजार ६५ मत पाए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : ४९ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको