भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध « Khabarhub

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरुलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

यो कदमबाट घरेलु बजारमा चिनीको उपलब्धतामा सुधार तथा मूल्यवृद्धि नियन्त्रणको अपेक्षा गरिएको छ ।

‘जुन १ बाट चिनी (कच्चा, प्रशोधित र सेतो चिनी) को निर्यातलाई लाई प्रतिबन्धित सूचीमा राखिएको छ ।’ भारतको विदेश व्यापारसम्बन्धी महानिर्देशनालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

यो प्रतिबन्ध जुन १ देखि अक्टोबर ३१ सम्म लागू हुने जनाइएको छ ।

यद्यपि ‘सीएक्सएल’ र ‘टीआरक्यू’ मार्फत अमेरिका र युरोपतर्फ हुने चिनीको निकासीमा भने यस प्रतिबन्ध लागू नहुने जनाइएको छ ।
केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : ३८ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६