दश महिनामा एक खर्बभन्दा बढीको कच्चा तेल नेपाल भित्रियो  « Khabarhub

दश महिनामा एक खर्बभन्दा बढीको कच्चा तेल नेपाल भित्रियो 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा उक्त मूल्यमा ६५ करोड ९० लाख ९१ हजार ७० लिटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

पछिल्लो दश महिनामा ४९ अर्ब ४१ करोड २ लाख ३५ हजार रुपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ३८ करोड ३४ लाख ४३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आउने गरेको छ ।

बितेका दश महिनामा अर्जेन्टिनाबाट मात्र ३२ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको कच्चा भटमास तेल र ४६ करोड ३९ लाख ९९ हजार रुपैयाँको कच्चा सनफ्लवार तेल नेपाल आएको छ ।

सोही अवधिमा इन्डोनेसियाबाट २८ अर्ब २९ करोड ८९ लाख ७५ हजार रुपैयाँको कच्चा पाम तेल, युक्रेनबाट १५ अर्ब २१ करोड ६३ लाख ८५ हजार रुपैयाँका कच्चा भटमास र सनफ्लवार तेल, ब्राजिलबाट १० अर्ब ९ करोड ८५ लाख ३० हजार रुपैयाँको कच्चा भटमास तेल र मलेसियाबाट ६ अर्ब ३३ करोड १२ लाख ८१ हजार रुपैयाँको कच्चा पाम तेल नेपालले आयात गरेको छ ।

नेपालले विभिन्न देशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी भारतमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले ८७ अर्ब ५९ करोड ८४ लाख १ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ५ : ४५ बजे

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा