बोर्डमा महिला नेतृत्वको चर्चा  « Khabarhub

बोर्डमा महिला नेतृत्वको चर्चा 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डमा अध्यक्षको पद केही समयपछि रिक्त हुँदैछ । आउँदो जेठ २३ गतेबाट रिक्त हुने पदमा आकाङ्क्षी धेरै छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त हुने भएकाले पनि त्यहाँ पुग्ने ठुलै कसरत हुने गर्छ ।

 विकास बोर्ड सञ्चार मन्त्रालय अन्तर्गत पर्ने गर्छ । राजनीतिक नियुक्त हुने ठाउँ भएकाले मन्त्रालय र मन्त्रीमा दबाब उत्तिकै पर्ने नै भयो । यसपटक पनि पद रिक्त हुन् केही दिन बाँकी रहँदा नै रमेश बुढाथोकी , भुवन केसी , राजकुमार राई , सम्झना उप्रेती रौनियार , मनिष पण्डित जस्ता नामहरू चर्चामा आइसकेका छन् । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग नजिक रहेका एक नेताले विकास बोर्डलाई लिएर भेटघाट तथा संवाद सुरु भइसकेको बताए । माथि उल्लेख गरिएको केही नाम र केही अन्य नामहरू मन्त्री कार्कीको सचिवालयमा टिपिएका छन् ।

प्रशासकीय ज्ञान अभाव भएको व्यक्ति बोर्ड नेतृत्वमा बेलाबखतमा पुग्ने गरेकाले पनि फिल्ममा ‘विकास बोर्ड’ को विकास देखिएको छैन । किनकि फिल्म क्षेत्रको अनुभवसँगै प्रशासकीय ज्ञानले मात्र बोर्ड नेतृत्वले अहिले खड्किएका नीतिगत अभावलाई पुरा गर्न सक्छ । यसपटक बोर्डमा महिला नेतृत्व पुग्ने सम्भावना बढ्दो छ ।

 फिल्ममा विद्यार्थी हुँदै निर्देशकसम्म बन्दा नेपालसँगै मुम्बई फिल्म नगरीको अनुभव समेत संगालेकी सम्झना बोर्डको नेतृत्व लिने लिस्टमा अगाडी छिन् । राजनीतिक रूपमा नेपाली कांग्रेसकी महासमिति सदस्य समेत रहेकी सम्झनाले फिल्म नगरीमा पनि ४३ वर्षको उमेरसम्म आइपुग्दा फिल्म निर्माणदेखि निर्देशनसम्म, इभेन्ट म्यानेजरदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेकी छिन् ।

बोर्डको नेतृत्व गर्न तोकिएको शैक्षिक र कार्यगत अनुभव बटुलिसकेकी सम्झनाले बोर्डको नेतृत्व गर्लिन् त ? यो प्रश्नको जवाफ उनीसँग छैन । यद्यपि उनी नेतृत्वमा पुग्दा गर्न सक्ने कामको तयारी भने गरिसकेकी छिन् । ‘मैले फिल्मको विद्यार्थी हुँदै फिल्मकर्मी हुँदासम्म समस्यालाई सुनेको मात्र होइन , भोगेकी पनि छु । नीतिगत रूपमा बलियो बनाउनु त आवश्यक छ नै साथै केही व्यावहारिक कठिनाइलाई पनि हटाउनु छ’ सम्झनाले भनिन् । पद्‍मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरकी गरेकी सम्झनाले त्रिभुवन विश्वविद्यालय कलेज अफ फिल्म स्टडिजबाट स्नातक समेत गरेकी हुन् ।

नेपालमा मेघा र फागु फिल्म निर्देशन गरिसकेकी सम्झनासँग मुम्बई रहँदा भारतीय फिल्ममा सहायक निर्देशक र टेलिभिजन तथा टेलीफिल्ममा काम गरेको अनुभव पनि छ । ‘मुम्बईमा काम गर्ने आफ्नै शैली छ र यहाँ आफ्नै शैली । यद्यपि हामीले अहिले भोगेको समस्या कुनै समय त्यहाँ पनि नभोगिएको होइन । ती समस्यालाई राज्यसम्म पुर्‍याउने मात्र नभई समाधान गर्ने कार्य नै बोर्ड नेतृत्वले गर्नु पर्छ’ उनले भनिन् ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममा सक्रिय सम्झनाले सरकाले बोर्डको नेतृत्व गर्ने अवसर मलाई दिएको खण्डमा फिल्मकर्मीका रूपमा आफूले भोगेका समस्याहरूलाई समाधान गर्दै अगाडी बढ्ने बताइन । ‘फिल्मलाई सहज रूपमा हलसम्म पुर्‍याउने , मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने , नेपाली फिल्मको बजार अन्तराष्ट्रिय स्तरमा विस्तार गर्न सम्बन्धित पक्षहरूसँग पहल गर्ने लगायतका योजना छन् । सुन्दा उही पुरानै लाग्न सक्छ तर समाधान समस्याबाटै गर्नु पर्छ’ उनले भनिन् । पछिल्लो समय विदेशी फिल्मलाई स्वदेशमा छायांकनको लागि प्रेरित गर्ने र दिने सुविधा स्वदेशी फिल्मलाई उत्तिकै हुनु पर्ने उनको भनाइ छ ।

‘विदेशी फिल्म नेपालमा ल्याउनु राम्रो हो । उनीहरुलाई सा सुविधा दिनै पर्छ । किनकि फिल्मको माध्यमले पर्यटनमा टेवा पुर्‍याउन सकिन्छ । यद्यपि स्वदेशी फिल्मलाई पनि त्यो ग्राहयता दिनु पर्छ । हाम्रै फिल्मले पनि आन्तरिक पर्यटनमा टेवा पुर्‍याइरहेका छन्’ सम्झनाले भनिन् । आफ्नो अनुभवलाई संस्थागत गरी नेपाली फिल्मको प्रवर्द्धन गर्ने आफ्नो सपना रहेको रौनियार सुनाउँछिन् ।

बोर्डको नेतृत्वमा उनको फिल्म क्षेत्रको अनुभव, शिक्षा र बोर्डले महिला नेतृत्व पाउने भएकोले उनको सम्भावना पनि छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : ५२ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन