बौद्ध धर्मका माध्यमबाट नेपाल र भारतबीच गहिरिँदो सम्बन्ध | Khabarhub Khabarhub

बौद्ध धर्मका माध्यमबाट नेपाल र भारतबीच गहिरिँदो सम्बन्ध


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ ३ गते २५ सय ६६ औँ बुद्धजयन्तीका दिन लुम्बिनीको भ्रमण गरे । त्यहाँ उनले बौद्ध भिक्षु तथा विद्वान लगायत सहभागी सभालाई सम्बोधन गरे ।

मोदीको आफ्नो कार्यकालमा पाचौँ नेपाल भ्रमणले दुई मुलुकबीचको साझा सभ्यता र सांस्कृतिक सम्बन्धको महत्व दर्शाउँछ । ‘भगवान् बुद्धको पवित्र जन्मभूमि लुम्बिनी आउन पाउँदा गौरवान्वित भएको छु ।’ भन्ने मोदीको घोषणाले नेपालमा धार्मिक एवम् तीर्थ पर्यटनलाई बढाउनसक्छ । यता बौद्ध दर्शनमा आस्था राख्ने भारतले यसबाट ‘सफ्ट पावर’ कूटनीतिक लाभ पनि लिन सक्छ ।

भ्रमणका क्रममा मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त रुपमा  बौद्ध सँस्कृति एवम् सम्पदाका लागि अन्तर्राष्ट्रिय भारत प्रतिष्ठानको शिलान्यास पनि गरे ।

यो परियोजना सम्पन्न हुन १ अर्ब भारु तथा तीन वर्ष लाग्ने जनाइएको छ । यस केन्द्रमा ध्यान केन्द्र, पुस्तकालय, प्रदर्शनी हल र अन्य बन्दोबस्त रहेनछ ।

लुम्बिनी कपिलवस्तु, बोधगया, कुशीनगरजस्ता स्थल भगवान् बुद्धको जीवनसँग जोडिएका पवित्र स्थलहरु हुन् । ‘बौद्ध सर्किट’ अन्तर्गतका यी क्षेत्रमा पछिल्लो समय पर्यटक र तीर्थालुको आगमन पनि बढ्दो छ ।

महत्वपूर्ण रुपमा, भारतले नेपालसँग मिलेर अन्तरदेशीय बौद्ध पर्यटन सर्किटको निर्माणका लागि पनि साझेदारी गरेको छ । भगवान् बुद्धको जीवन पछ्याउने यो सर्किट नेपालको लुम्बिनीमा सुरु भएर भारतको कुशीनगरमा पुगेर अन्त्य हुन्छ ।

हालै भारतले सो क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरेको छ । यसले सो क्षेत्रको पर्यटन तथा साँस्कृतिक केन्द्रका रुपमा पनि सहयोग पुर्‍याउनेछ

हाल ९७ प्रतिशत बौद्धमार्गीहरु एसियाली महादेशमा बसोबास गर्छन् । यसबाहेक कम्बोडिया, भुटान, जापान, म्यान्मार, नेपाल, श्रीलंका, थाइल्याण्डजस्ता मुलुकमा बौद्ध धर्म राष्ट्रिय प्रतीकको रुपमा पनि रहेको छ ।

दुबै मुलुकहरु लुम्बिनी संग्रहालय निर्माण गर्न पनि साझेदारी गरिरहेका छन् । भारतीय प्रविधि प्रतिष्ठान (आईआईटी) मद्रास र नेपालको काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरी डिग्री कार्यक्रम लागू गर्ने प्रस्तावित सम्झौता पनि मोदीको लुम्बिनी भ्रमणका क्रममा हस्तक्षर गरिएको अर्को महत्वपूर्ण सम्झौता हो ।

यस्तै मोदीको भ्रमणका क्रममा लुम्बिनी विश्वविद्यालय तथा सांस्कृतिक सम्बन्धका लागि भारतीय परिषद् आईसीसीआरबीच ‘डा. अम्बेडकर चेयर फर बुद्धिष्ट स्टडिज’ स्थापना गर्ने लगयतका सम्झौतामा पनि हस्ताक्षर भएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय कम्पनीहरुलाई पश्चिम सेती जलविद्युत आयोजनामा लगानी गर्न समेत आग्रह गरे । यसअघि यस परियोजना अष्टे«लिया र चीनको लगानीमा अघि बढेपनि पछि अलपत्र परेको थियो ।

डडेलधुरामा निर्माण हुने यो परियोजनामार्फत ७५० मेगावाट विद्युत् उत्पादनको अपेक्षा गरिएको छ ।

यसअघि भारतको सत्लज जलविद्युत निगमले नेपालको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण गरेको थियो ।

यसबाहेक नेपाल विद्युत प्राधिकरण तथा सत्लज जलविद्युत निगम मिलेर अरुण चौथो परियोजनाको निर्माण गर्दैछन् । ४९० मेगावाट क्षमताको यस परियोजनाबाट नेपालले भारतका साथै बंगलादेशमा पनि जलविद्युत बिक्री गर्ने उद्देश्य लिएको छ ।

यस परियोजनामा नेपाल विद्युत प्राधिकरणको ५१ तथा सत्लज जलविद्युत निगमको ४९ प्रतिशत लगानी रहेको छ ।

नेपाल र भारतले संयुक्त रुपमा घोषणा गरेको योजनाले बौद्ध सर्किटमा लुम्बिनीको स्थानको महत्वलाई स्थापित गर्छ । भारतीय प्रधानमन्त्री मोदीले बुद्ध लुम्बिनीमा जन्मेका हुन् भनेर स्पष्ट रुपमा भनिसकेका छन् । यसले बुद्धको जन्मभूमिबारेको विवादलाई पनि सदाका लागि अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

लुम्बिीनमा चीनको उपस्थिती पनि निकै सक्रिय छ । भारतको सीमाबाट नजिकै चीनले बौद्ध गुम्बाको निर्माण गरेको छ । यसअघि चीनले विस्तृत बीआरआई परियोजना अन्तर्गत लुम्बिनीलाई रेलमार्गमार्फत् केरुङसम्म जोड्ने प्रस्ताव गरेको थियो ।

बौद्ध ‘सफ्ट पावर’ मार्फत् चीनले श्रीलंकाजस्ता आफ्ना ऋणी मुलुकहरुलाई प्रभावमा पार्ने गरेको समेत बताइन्छ । चीनले हरेक तीन वर्षमा आयोजना गर्ने विश्व बौद्ध सम्मेलनका क्रममा सन् २०१८ मा बीआरआईको प्रवद्र्धनका लागि बौद्ध धर्मको प्रयोग गर्ने उल्लेख गरिएको थियो ।

नेपाल र भारतबीच बौद्ध धर्मका कारण गहिरिँदो सम्बन्धबाट भारतको ‘छिमेकी पहिलो’ भन्ने विदेश नीतिलाई सहयोग पुग्छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : १७ बजे

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा

राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह

काठमाडौं– सेप्टेम्बर २० मा विश्व सरसफाइ दिवस र सेप्टेम्बर २१

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)