कतारमा २ सय नेपालीको स्वास्थ्य परीक्षण  « Khabarhub

कतारमा २ सय नेपालीको स्वास्थ्य परीक्षण 


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा २ सय बढीको नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आयोजना गरेको कार्यक्रममा २ सय बढीको नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए ।

यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि लक्षित गरी शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम एसियन मेडिकल सेन्टर वकरामा बिहान ८ देखि सुरु भएर दिनको २ बजेसम्म सञ्चालन भएको थियो ।

स्वास्थ्य परीक्षणमा १५ जना विशेषज्ञ डाक्टरसहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाइ र तौलको अनुपात) लगायतका स्वास्थ्य सेवा रहेको प्रवक्ता क्षत्रीले बताए ।

स्वास्थ्य परीक्षण कार्यक्रममा एनआरएनए आइसिसीका पदाधिकारीहरू सहित नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल, लेबर कन्सुलर कृष्ण खनाल,दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

एनआरएनए कतारले यहाँ कार्यरत नेपाली कामदारहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न समयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै श्रमिक सचेतना ,महिला स्वास्थ्य समस्या सम्बन्धी सचेतना र रेमिटेन्स तथा बैकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ३२ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर