भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव « Khabarhub

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय खेल भलिबलको पूर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् ।

लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारका संरचनाहरू संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुःखद भएको बताए । संघीय सरकारको मातहतमा रहेका संरचनामा रहँदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनको भनाइ छ । नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनःसंरचना गर्न जरुरी रहेको उनले बताए । भलिबललाई प्राथमिकता राख्दै प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरू आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले बताए ।

साबिक मध्यपश्चिमाञ्चल भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै व्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई व्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनीहरूले सुझाव दिए ।

कार्यक्रममा सचिव भीम वलीले प्रदेश संरचना नयाँ हुँदा केही कठिनाइ देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने उनले बताए । प्रदेश परिषद् अन्तर्गत रहेर जिल्ला र खेल सम्बन्ध संघ संस्थाहरूलाई समेट्ने गरी अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : २० बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण