एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी « Khabarhub

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्‍याउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न १२ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम पेस गरेका छन् ।

एयर एम्बुलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गर्ने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने गाउँपालिका अध्यक्ष राईले बताए । ‘आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आकस्मिक एयर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गरिने छ । सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने छ ।’

गाउँपालिकाले खिदिमाको तावा भन्ज्याङ आसपासमा सांस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्ने, बसाइसराई दर कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, बिजुली आदिको उचित प्रबन्ध गर्ने, खाने तेलमा आत्मनिर्भर बनाउनका लागि तोरी, फिलुङ्गे तथा रायोको उत्पादनमा विशेष जोड दिने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफूलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्बन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : २७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको