एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी « Khabarhub

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्‍याउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न १२ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम पेस गरेका छन् ।

एयर एम्बुलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गर्ने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने गाउँपालिका अध्यक्ष राईले बताए । ‘आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आकस्मिक एयर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गरिने छ । सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने छ ।’

गाउँपालिकाले खिदिमाको तावा भन्ज्याङ आसपासमा सांस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्ने, बसाइसराई दर कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, बिजुली आदिको उचित प्रबन्ध गर्ने, खाने तेलमा आत्मनिर्भर बनाउनका लागि तोरी, फिलुङ्गे तथा रायोको उत्पादनमा विशेष जोड दिने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफूलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्बन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : २७ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला