भक्तपुर नगरपालिकाको बजेट पारित « Khabarhub

भक्तपुर नगरपालिकाको बजेट पारित


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र नगरपालिकाले सञ्चालन गरेको नगर विकास आयोजनाको जग्गा बिक्रीसमेत गरी उक्त रकम बराबरको बजेट प्रस्तुत गरिएको हो ।

नपाले चालु खर्चतर्फ ६५।३९ प्रतिशत, पूँजीगत खर्चतर्फ ३२।५० प्रतिशत र वित्तीयतर्फ २।११ प्रतिशत बजेट विनियोजन गरेको छ । शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले १०० शय्याको ख्वप अस्पताल भवन निर्माण सम्पन्न गरी यसै वर्ष सञ्चालन गर्न रु आठ करोड विनियोजन गरेको छ भने देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना सम्पन्न गर्न रु २० करोड, अँचापोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न रु ५० लाख, शहिद स्मृति खेलमैदानमा कभर्डहल निर्माणका लागि रु एक करोड, महेश्वरी खेलमैदानका लागि रु एक करोड, बेखाल कभर्डहल निर्माण सम्पन्न गर्न रु तीन करोड र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न रु छ करोड एक लाख बजेट विनियोजन गरेको छ ।

क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात ९स्पाइनल कर्ड इन्जुरी०जस्ता दीर्घरोग भएका नगरवासी बिरामीलाई प्रतिव्यक्ति रु १५ हजारका दरले सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै रु ४० लाख विनियोजन गरिएको छ भने क्यान्सर, मिर्गौलारोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक रु पाँच हजारका दरले उपचार खर्च भत्ता व्यवस्थाका लागि रु ९० लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : ५८ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र