राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : कमल थापा « Khabarhub

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : कमल थापा


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।

आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्‍याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको ताए ।

पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत भएको बताउँदै थापाले भने, ‘‘पार्टीलाई अग्रणी शक्ति बनाउने र नेपाललाई हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम लिने आफ्नो चाहना छ ।’’

यसैबीच राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी धनगढीका ललित जोशीलाई दिइएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ३२ बजे

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर