देशभरको मौसम बदली, काठमाडौँसहित तीन प्रदेशमा वर्षा   « Khabarhub

देशभरको मौसम बदली, काठमाडौँसहित तीन प्रदेशमा वर्षा  


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ।

जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। राति प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भोलि मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

पर्सि बुधबार देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका साथै पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ०९ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य