गाउँपालिकाले थाल्यो गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा  « Khabarhub

गाउँपालिकाले थाल्यो गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिकाले वडा-वडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ ।

गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए। गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा सुरु गरेको उनले बताए ।

‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी लिन्छौँ।’

गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उनीहरुकै नेतृत्वमा सेवा सञ्चालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए । ‘यसअघि गर्भवतीलाई भिडियो एक्सरेका लागि गोरखा अस्पताल वा सदरमुकाम नै धाउनुपर्ने बाध्यता थियो, उनले भने, अब त्यो बाध्यता हटेको छ ।’

वडावडामा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै अब कोही पनि गर्भवतीले आफ्नो गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि नछुट्ने उनले बताए। ‘यसअघि पनि हामीले अस्पतालमा पुगेर नियमित गराउनका लागि जनचेतना प्रदान गर्ने काम त गरेका थियौँ’, प्रमुख खनालले भने, ‘तर कतिपयले जानुहुन्थ्यो, अब गाउँमा सुविधा भएपछि कोही छुट्दैनन् भन्ने विश्वास छ ।’

अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा उपलब्ध गराउँदा समयमै समस्याको पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको प्रमुख खनालको भनाइ छ । ‘सेवा सुरु गरेको छोटो अवधि दुई जना गर्भवतीलाई जोखिमबाट सुरक्षित गर्नसकेका छौँ, उनले भने, ‘एक जना महिलाको तत्काल शल्यक्रिया गर्नुपर्ने र एक जना महिलाको शिशुको स्वास्थ्य अवस्था ठिक नभएको पाइएपछि आमाको सुरक्षाका लागि गर्भपतन गर्न सुझाव दिएकाले समयमा गर्भपतन गर्दा ज्यान खतराबाट जोगिएको छ ।’

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएकाले गाउँपालिकाले वडामा नियमित तालिका बनाएर सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ३५ बजे

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि