बलात्कारपछि हत्या अभियोगमा नाबालकसहित तीन अभियुक्त पक्राउ « Khabarhub

बलात्कारपछि हत्या अभियोगमा नाबालकसहित तीन अभियुक्त पक्राउ


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन्।

पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अर्का एक अभियुक्त फरार रहेका छन्।

बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो। वीरगञ्ज महानगरपालिकास्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी थिइन्।

अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ०८ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना