निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने प्रचण्डको प्रस्ताव « Khabarhub

निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने प्रचण्डको प्रस्ताव


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका छन्।

नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका हुन्।

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाको अध्यक्ष बन्न १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५०औँ करोड खर्च गर्नुपर्ने भयो । यस्तो निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भड्खालोमा लैजान्छ ।’

प्रत्यक्ष र समानुपातिक गरी हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बित्तिकै असुलीमा लाग्ने’ भएकाले भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : २८ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने