ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जिप चालक फरार  « Khabarhub

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जिप चालक फरार 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको बालकुमारी खरीबोटमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुर धोबिघाट बस्ने २३ वर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् जिपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : ५२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य