भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेसको चेतावनी  « Khabarhub

भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेसको चेतावनी 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाई सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाई सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । सो समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो । 

कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले कारवाही गरी साधारण सदस्यबाटसमेत निस्कासन गरिसकेको जानकारी दिए । ‘त्वातीले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीले तत्कालै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले कारवाही गरिसकेका नेता कार्यकर्तालाई कांग्रेसकै नेता कार्यकर्ता जस्तो गरी प्रचार गरिएको समाचारप्रति कांग्रेसले आपत्तिसमेत जनाएको छ । पार्टीले कारबाही गरिसकेका जोकोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको जनाउँदै विज्ञप्तिमा भ्रमको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ५९ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी