प्रचण्डको भारत भ्रमणले देउवालाई तनाव ! | Khabarhub Khabarhub

प्रचण्डको भारत भ्रमणले देउवालाई तनाव !


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्थानीय तहको चुनावपछि समग्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा खुशी थिए । सत्ता गठबन्धनबाटै प्रधानमन्त्री भएर आफ्नो पक्षमा नतिजा आउने गरि उनले सत्ताको नेतृत्व गर्नु नै खुशीको कारण थियो ।

सत्ताधारी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसले भित्रभित्रै धोका दिएको आरोप लगाएपनि देउवा भने आफ्नो अनुकूलको निर्णय गराउन र नतिजा आफ्नो पोल्टामा पार्न सफल देखिए । उनी यसलाई जसरी पनि संसदीय चुनावसम्मै लिएर जान खोजिरहेका थिए ।

फ्याट्टै बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्किए । प्रधानमन्त्रीको कुर्सीमा देउवा हुँदा प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने भारतीय जनता पार्टीप्रति देउवाको सशंय रह्यो ।

भारतीय जनता पार्टीका अध्यक्षको निम्तोमा भारत पुगेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता गर्न पाएनन् । यसबाट भारतले अर्को सन्देश पठायो । तर आफू प्रधानमन्त्रीको कुर्सीमा हुँदा पनि प्रचण्ड दक्षिणको प्रिय बन्नु देउवाका लागि राम्रो संकेत थिएन ।

यद्यपि देउवाको मनको पीर बढेपनि प्रचण्डले भारत भ्रमण सकाएर फर्किए । प्रचण्ड फर्केपछि अर्को परिदृश्य देखियो । प्रचण्डले भारत भ्रमणबारे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग गम्भीर र महत्वपूर्ण छलफल गर्ने धेरैको अनुमान थियो ।

तर त्यहाँ पनि देउवाको आशंका बढ्ने गरि प्रचण्ड समाजवादी केन्द्र निर्माण गर्ने भन्दै ओलीबाहेकका वाम नेताहरूसँग मोर्चाबन्दीमा लागे । त्यो पनि भारत भ्रमणबाट फर्केको भोलिपल्टै । भारत भ्रमण गर्न पाएपछि प्रचण्ड दंग छन् ।

नेपालको राजनीतिक खेलमा आफू एक मात्रै सक्षम पात्र भएको उनको बुझाई छ । जबकी दक्षिणको स्पष्ट बुझाई र लामो संगत कांग्रेससँग छ । यस्तो अवस्थामा देउवा आफूलाई असहज ठानिरहेका छन् । एकातिर प्रचण्डको बार्गेनिङ र भारत भ्रमणबाट फर्केपछि उनको रवाफले देउवालाई तनाव बढ्दो छ ।

देउवाको तनावको कारणमा पार्टीभित्रैको आन्तरिक व्यवस्थापन पनि हो । हालै उनले प्रेस युनियनको चुनावमा आफूनिकटका सबै उम्मेदवारको पराजय व्यहोरे । संस्थापन र संस्थापनइतर प्यानल नै चुनावी मैदानमा होमिएका बेला अध्यक्षमा शिव लम्सालसहितको प्यानल विजयी भयो ।

संस्थापनबाट अनिता बिन्दुले पराजय व्यहोरिन् । उसो त कांग्रेसको १४ औँ महाधिवेशनमा पनि देउवा आफूबाहेक संस्थापन पक्षलाई बलियो गरि जिताउन सकेनन् । उनी पार्टीमा पहिलेभन्दा कमजोर अवस्थामा छन् ।

उनको कमजोर अवस्था यति कमजोर बनेको छ कि आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्दा प्रधानमन्त्री कसलाई बनाउने भन्ने चिन्ता छ । सार्वजनिक रुपमा महामन्त्री गगन थापाले आफू प्रधानमन्त्रीको उम्मेद्वार रहने गरि चुनावमा जान चाहेको बताइसकेका छन् ।

तर देउवालाई त्यो भन्दा बढी चिन्ता पत्नी आरजु राणालाई कसरी स्थापित गर्न सकिन्छ ? भन्ने तनाव छ । आरजुका लागि पार्टीभित्र बाहिर, बालुवाटार भित्र बाहिर र बुढानिलकण्ठभित्र अनि बाहिर प्रेसर बढ्दो छ ।

आफ्नो शक्ति क्षीण बन्दै गइरहेका बेला प्रचण्ड भारत भ्रमण जानू, महामन्त्री पदकै गगन थापाले आफू प्रधानमन्त्रीको उम्मेद्वार बन्छु भन्नु र नागरिक समाजबाट बाहिर ७० वर्ष काटेका सबै बूढा नेताहरूलाई चुनाव हराउनुपर्छ भन्ने लहर बढ्नाले देउवाको तनाव चुलिएको छ ।

त्यसमाथि हालै एमसीसी पास गरेपछि आइलागेको एसपीपी तनाव र भारतले आफ्ना स्वार्थका लागि दिँदै आएको तनाव झन् सानो छैन । यस्तो अवस्थामा देउवा बालुवाटारमा एकपछि अर्को तनाव झेलिरहेका छन् ।

सत्ता गठबन्धन बचाउन नसके चुनाव हार्ने र फेरि पाँच वर्ष प्रतिपक्षी बन्नुपर्ला भन्ने डर देउवालाई छ । सत्ता गठबन्धन गर्दा प्रचण्ड पहिलो प्रधानमन्त्री पद आफूले पाउनुपर्ने र मागेजति सम्मानजनक सिट दिनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

यस्तो तनावको बीचमा देउवाले थप नयाँ कदम कसरी चाल्छन् ? संसदीय चुनावको मिति कहिले घोषणा गर्छन् ? गठबन्धन जोगाउन माओवादीलाई कति सिट दिन्छन् ? प्रचण्डसँग कसरी पहिल्यै सम्झौता गर्छन् ? यी सबै जति चाँसोका विषय छन्, देउवालाई त्यति नै धेरै चुनौतीको विषय पनि हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ०९ बजे

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा