अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन्। तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उनले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गरे।

तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहुँका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, यो बीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु ।” वरिष्ठ नेता पौडेलले जिल्लाले विकासमा काँचुली फेर्ने बताए।

विगतमा राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दामा व्यस्त रहनुपर्दा जिल्लामा कम मात्रै आउने गरे पनि आफू जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहेको उनको भनाइ थियो । नेता पौडेलले आजै व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । व्यास–७ का छापथोक, मेवावारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु–१३ का पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर र आहालेमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : २२ बजे

पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैँ

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा