विदेशी फिल्म छायांकनमा लाग्ने शुल्कमा छुट दिने सरकारको घोषणा « Khabarhub

विदेशी फिल्म छायांकनमा लाग्ने शुल्कमा छुट दिने सरकारको घोषणा


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बेलाबखतमा विदेशी फिल्म छायांकनको लागि आउने गरेका छन्। सन् १९८९ मा शत्रुघन सिन्हा स्टार ‘जखम’ छायांकन भएदेखि गत वर्ष बलिउडकै  ‘उचाइ’ समेत नेपालमा सुटिङ भयो । यसबाहेक विजय सेतुपती, केके मेनन स्टारर ‘फर्जी’ छायांकन भएको पछिल्लो हिन्दी वेब सिरिज हो । नेपालको सुन्दरतालाई कैद गर्न र दर्शकलाई फ्रेस लोकेसन दिन फिल्मकर्मीहरू नेपाल आउने गरेका छन् । तर, नेपालमा हुने कानुनी झन्झटसँगै लिइने शुल्कका कारण धेरै प्रोडक्सन हाउसहरूका नेपाल फर्किएको पाइदैन । 

यद्यपि यसबारे नेपाल सरकारले चासो लिँदै सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । आइतबार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले यसले नेपालको पर्यटन बजारमा सकारात्मक लहर ल्याउन विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित ७४ वटा पुनरुत्थान कार्यक्रममा घोषणा गरेका छन् । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना सहित सरकारले घोषणा गरेको हो। 

तथ्यांकमा फिचरभन्दा डकुमेन्ट्री छायांकन गर्न आउनेको संख्या देखिने नेपालमा सार्क मुलुकबाहेकका फिल्ममेकरले कुनै एक राष्ट्रिय निकुञ्जमा छायांकन गर्नुपरे १५ सय डलर , माथिल्लो मुस्ताङ र मनाङमा छायांकन गर्नुपरे ५ हजार डलर शुल्क तिर्ने गरेका छन्। नगरपालिका र गाउँपालिकाले स्थानीय सरकारको कर नीतिअनुसार अलग्गै कर लिने गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ५२ बजे

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले