भक्तपुर सल्लाघारी क्षेत्रका रुखहरू काटिँदै « Khabarhub

भक्तपुर सल्लाघारी क्षेत्रका रुखहरू काटिँदै


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ ।  पुरानो र कमजोर रूख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो । 

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रूख ढलेर स्कुटर र मिनिबसमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार  चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा- ४ का राजकुमार भुजेलको निधन भएको थियो ।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रूख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रूख काटिएको थालिएको हो । प्रकृति प्रतिकूल नहुने गरी रूखहरू हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

यो ठाउँ भक्तपुरकै एउटा प्रख्यात ठाउँ पनि हो । यो ठाउँलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँं च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँ पिकिनिग स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रूखहरू रहेकाले यो ठाउँ आकर्षक छ । त्यहीकारण यहाँं चलचित्रलगायत छायांकन पनि हुने गरेको छ । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ०७ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की