हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन « Khabarhub

हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितमाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हज यात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध गराउन पनि आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षा अनुरूप नभए पनि प्राप्त उपलब्धि जन अपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन्। उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन्। उनले आयोगको रणनीतिक कार्य योजनाले मूतरुप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिको लागि नीतिगत, कानूनी सिफारिसमा बढी केन्द्रित भई कार्यसम्पादन गर्न गराउन पनि आयोगलाई निर्देशन दिइन्।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पर्याप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताएका थिए। उनले आफू सेवा सुविधाका लागि मात्र आयोगमा नभएको भन्दै प्रभावकारी कामका लागि सरकारले स्रोत साधन युक्त बनाउनुपर्ने तर्क गरे ।

बैठकमा समिति सदस्यहरूले मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ०० बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार