हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन | Khabarhub Khabarhub

हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितमाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हज यात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध गराउन पनि आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षा अनुरूप नभए पनि प्राप्त उपलब्धि जन अपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन्। उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन्। उनले आयोगको रणनीतिक कार्य योजनाले मूतरुप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिको लागि नीतिगत, कानूनी सिफारिसमा बढी केन्द्रित भई कार्यसम्पादन गर्न गराउन पनि आयोगलाई निर्देशन दिइन्।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पर्याप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताएका थिए। उनले आफू सेवा सुविधाका लागि मात्र आयोगमा नभएको भन्दै प्रभावकारी कामका लागि सरकारले स्रोत साधन युक्त बनाउनुपर्ने तर्क गरे ।

बैठकमा समिति सदस्यहरूले मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ०० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र