मार्भलले सार्वजनिक गर्‍यो नयाँ लाइनअप | Khabarhub Khabarhub

मार्भलले सार्वजनिक गर्‍यो नयाँ लाइनअप


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै ठुलो फिल्म प्रोडक्सन कम्पनी मध्येको एक मार्भल स्टुडियोले नयाँ फिल्म र रिलिज डेट घोषणा गरेको छ । मार्भल सिनेम्याटिक युनिभर्सलाई ओटीटी र हलमा सँगै अगाडि बढाउने रणनीति अनुसार नै मार्भलले नयाँ लाइनअप घोषणा गरेको हो । पाँचौं चरणको रिलिज लाइनअपलाई मार्भल प्रमुख केभिन फेइगले शनिबार कमिक-कन समारोहमा घोषणा गरेका हुन् । 

उनले दर्शकको रोजाइलाई मध्यनजर गर्दै लाइनअप घोषणा गरिएको बताएका छन् । ‘हामी दर्शकसँग उनीहरु रुचि अनुसार प्रस्तुत हुन् चाहन्छौँ । त्यहिँ अनुसार लाइनअप बनाउने कोसिस गरेका हौँ’ प्रमुख फेइगले भने । हलिउड स्टुडियो मार्भलले एकैसाथ १० बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक गरिएको लाइनअपमा एभेन्जर्सका दुई सिरिज समेत छन् । ‘एभेन्जर्स स् इन्फिनिटी’ को सिक्वेलको रुपमा मार्भलले द क्याङ डायनेस्टीसेक्रेट वार्स घोषणा गरेको हो। मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सका केही पात्रलाई सिरिजको मार्फत पनि दर्शकसम्म ल्याईरहेको छ । वान्डा भिजन, द फाल्कन एण्ड द विन्टर सोल्जर, लोकी जस्ता पात्रको कथालाई सानो पर्दामा दुखाईरहेको मार्भलले ठुलो पर्दा जोड्दै दर्शकलाई बढाउने कोसिसमा छ ।

लोकप्रिय भएको लोकीको दोस्रो सिजन घोषणा गरिएको छ । यसलाई सन् २०२३ को समरमा दर्शक माझ ओटीटीमा ल्याइने छ । यससँगै हल्कको फिमेल भर्सन ‘शी-हल्कु लाई पनि सिरिजकै रुपमा ल्याइने भएको छ। यसलाई आउँदो अगस्टको दोस्रो साताबाट हेर्न पाइनेछ। यस्तै ‘गार्डियन अफ द ग्यालेक्सी’ को चर्चित पात्र ग्रूटलाई पनि सिरिजकै माध्यमले दर्शक समक्ष ल्याउने तयारीमा मार्भल छ । यसलाई अगस्ट १० बाट हेर्न पाउने छ । 

मार्भल स्टुडियोले हालै घोषणा गरेको फिल्मको लिस्टमा ‘आन्ट म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ २०२३ फेब्रुअरी १७ मा रिलिज भएसँगै पाँचौं चरण सुरु हुने भएको छ । गार्डियन अफ द ग्यालेक्सीको भोल्युम ३ लाई ५ मे २०२३ मा रिलिज गर्ने मार्भलले घोषणा गरेको छ। योसँगै पाँचौ चरणको सुरुवात हुनेछ। मार्सल्ला अली स्टारर ‘ब्लेड’ २०२३ नोभेम्बर ३ मा प्रदर्शन हुनेछ । एन्थोनी म्याकी स्टारर ‘क्याप्टेन अमेरिका स् न्यु वर्ल्ड अर्डर’ २०२४ मे ३ मा प्रदर्शन हुनेछ । 

खलपात्रमा आधारित फिल्म ‘थन्डरबोल्ट्स’ २०२४ जुलाई २६ मा रिलिज भएसँगै मार्भलको पाँचौं चरण सकिनेछ । ‘फ्यान्टास्टिक फोर’ २०२४ नोभेम्बर ८ मा प्रदर्शन भएसँगै मार्भलको छैटौँ चरण सकिनेछ । एभेन्जर्सको दुई सिरिज ‘डाइनेस्टी’ २०२५ मे २ मा प्रदर्शन हुनेछ भने ‘सेक्रेट वार्स’ २०२५ नोभेम्बर ७ मा रिलिज हुनेछ । नोभेम्बर ११ मा रिलिज हुने ‘ब्ल्याक प्यान्थर: वाकान्डा फरेभर’सँगै मार्भलको चौथो चरण सकिनेछ। 

ओटीटी र हलमा आएको फिल्मलाई एकआपसमा जोडेर अगाडि बढाउने रणनीति अनुसार मार्भल स्टुडियोले इको, आइरन हार्ट, डेयरडेभिल स् बोर्न अगेन , एक्समेन : ९७ लगायतका सिरिज समेत घोषणा गरेको छ। आफ्ना पुराना सुपरहिरोहरु रिटायर्ड भएपछि नयाँ सुपरहिरोहरुलाई दर्शक माँझ स्थापित गराउन मार्भलले ओटीटीको सहारा लिईरहेको छ। ‘एभेन्जर्स: इन्ड गेम’ पश्चात दर्शकले आइरन म्यान , क्याप्टेन अमेरिकालाई देख्न पाएका छैनन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ०७ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल