मंसिर २३ मा ‘डेसान’ « Khabarhub

मंसिर २३ मा ‘डेसान’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’ ले सोमबार फस्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरेको छ । महामारीको विषयमा निर्माण गरिएको फिल्म २३ मंसिरमा प्रदर्शन हुनेछ । सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्को पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ । 

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता, निशान, भोलाराज, पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ । 

कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रवाह गर्ने दाबी निर्माण पक्षको छ । राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : २६ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले