युक्रेनी स्वतन्त्रता दिवसका दुई नायक | Khabarhub Khabarhub

युक्रेनी स्वतन्त्रता दिवसका दुई नायक


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसी हस्तक्षेपविरुद्धमा रहँदाको दुःख बारे सायद युक्रेनका पूर्व राष्ट्रपति भिक्टर युसचेन्कोलाई जत्ति अन्य कसैलाई पनि थाहा छैन। सन् २००४ मा मस्कोले समर्थन गरेको उम्मेदवारविरुद्धमा उम्मेदवारी दिएका कारण विष दिइएका युसचेन्को त्यसको एक वर्षपछि राष्ट्रपतिको कार्यालयमा प्रवेश गरेका थिए।

किभ सहरको बाहिरी भागमा रहेको काठले बनाइएको घरमा बसोबास गरिरहेका युसचेन्कोको विचारमा युक्रेनी स्वतन्त्रताको शक्ति भनेकै राष्ट्रिय भावको शक्ति हो। ‘अहिले म विश्वासको साथ भन्न सक्छु कि चार करोड २० लाख युक्रेनी जनताको एउटै आवाजका कारण हामी रुस लगायत कुनै पनि शत्रुसँग लड्न सक्षम छौं’, विष सेवनपछि बदलिएको अनुहारका युसचेन्कोले भने ।

किभ सहरको बाहिरी भागमा रहेको काठले बनाइएको घरमा बसोबास गरिरहेका युसचेन्कोको विचारमा युक्रेनी स्वतन्त्रताको शक्ति भनेकै राष्ट्रिय भावको शक्ति हो।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युद्ध छेडेको ५ महिनापछि युक्रेनले स्वतन्त्रता दिवस मनाउँदै छ। यो ६ महिनाको युद्धमा रुसले उत्तर, दक्षिण र पूर्वबाट आक्रमण गरेको छ । राष्ट्र सङ्घ कै तथ्यांक अनुसार ९ हजार युक्रेनी सेना तथा ५ हजार ५ सय सर्वसाधारण युक्रेनीको ज्यान गएको छ। त्यसो त युसचेन्कोले रुसी ज्यादतीविरुद्धमा पश्चिमा देश बारम्बार मौन रहेको र केही आवाज नै नआएकोमा दुःखी थिए। सन् २००८ मा जर्जीयाको विवाद र त्यसको ६ वर्षपछि क्रेमिया अतिक्रमणको घटनामा उनी दुःखी थिए। अहिले संसारकै प्रतिक्रिया फरक भएको छ। ‘अहिले हाम्रो लडाइँ र हाम्रा शैलीमा ५० भन्दा बढी देशले एकवद्धता जनाइसकेका छन्। धेरैले हामीलाई सैन्य, मानवीय र आर्थिक सहयोग गरेका छन्’, उनले भनेका छन्।

अन्तर्राष्ट्रिय सहयोग र त्यहाँको नागरिकको राष्ट्रियताको भावनाका कारण युसचेन्को यस युद्धमा युक्रेनले जित हात पार्नेमा विश्वस्त छन्। ‘जब रुसले कुनै किसिमको आक्रमण गर्छ त्यसको प्रतिकार गर्न युक्रेनीका सामु राष्ट्रियताको भावनाले प्रेरित गर्छ। त्यो नै यो लडाइँको मुख्य आधार बनेको छ,’ उनले भने।

नाइपर नदीको छेउमा रहेको एउटा टेक्सटाइलले बर्सेनी होटेलका पोसाक बनाउँदै आएको थियो। त्यो टेक्सटाइलमा अहिले युक्रेनको राष्ट्रिय झण्डा बनाइन्छ। त्यहाँको मालिक्नीले सुरुमा सेनाबाट यो अर्डर पाउने गरेकी थिइन्। अहिले सेना मात्र होइन, अन्य व्यापारीले पनि अर्डर गर्ने गरेका छन्। दैनिक दुई हजार ५ सय राष्ट्रिय झन्डा त्यहाँ सिइन्छ ।

युसचेन्कोले रुसी ज्यादतीविरुद्धमा पश्चिमा देश बारम्बार मौन रहेको र केही आवाज नै नआएकोमा दुःखी थिए। सन् २००८ मा जर्जीयाको विवाद र त्यसको ६ वर्षपछि क्रेमिया अतिक्रमणको घटनामा उनी दुःखी थिए। अहिले संसारकै प्रतिक्रिया फरक भएको छ।

‘यो हाम्रो लागि धेरै प्रिय रङ हो’, सिलाइ मेसिनबाट निस्केको आवाजमा स्वर मिसाउँदै उनले भनिन्, ‘हरेक युक्रेनीले यो रङ्ग देख्नेछन् र महसुस गर्छन्। चाहे त्यो आकाशमा होस्। चाहे त्यो गहुँमा होस्। यसले हामीलाई खुसी आनन्द र सन्तुष्टि दिन्छ। हाम्रो काम सही कुरामा उपयोग भइरहेका कारण सकारात्मक भाव पैदा हुन्छ।’

६ महिनाको लडाइँपछि युक्रेन केही असहज यथार्थ स्वीकार गर्न बाध्य भएको छ। अहिले युक्रेनमा दक्षिणमा लडाइँ गर्न तयार भएको छ। खेर्सनलाई फेरि आफ्नै नियन्त्रणमा ल्याउनका लागि युक्रेनी प्रयास जारी छ।

रुसी प्रभावमा गएको क्षेत्रका लागि लामो दुरीको मिसाइल त युक्रेनसँग छ। तर, यस लडाइँमा ‘स्ट्याटीकीक’ अग्र मोर्चाको भूमिका हुन्छ।

अहिलेसम्म पश्चिमाले हतियारमा युक्रेनलाई सहयोग गरिरहेका छन्। यसले रुसी सप्लाइ साइनमा निराशा पैदा गरेको छ। तर, यत्तिले तत्कालै रुसलाई त्यहाँबाट हटाइ हाल्छ भन्ने चाहिँ छैन। यस कारण यो प्रक्रिया अझ लामो समय जानेछ र थप हजारौँ जनाको ज्यान पनि जाने छ।

अहिले यस युद्धका नायक भालोडोमिर जेलेन्सकीको अडानबारे दुई थरी धारणा बनाइएका छन्। समीक्षक उनले कसरी यस युद्धको तयारी गरेका रहेछन् ? भनेर चर्चा गर्न थलेका छन्। युद्धका कारण युक्रेनको अर्थतन्त्र क्षतविक्षत हुनसक्ने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उनी रुससँग कुनै पनि हालतमा नडगमगाउने ढङ्गले अघि बढेका छन्।

नाइपर नदीको छेउमा रहेको एउटा टेक्सटाइलले बर्सेनी होटेलका पोसाक बनाउँदै आएको थियो। त्यो टेक्सटाइलमा अहिले युक्रेनको राष्ट्रिय झण्डा बनाइन्छ। त्यहाँको मालिक्नीले सुरुमा सेनाबाट यो अर्डर पाउने गरेकी थिइन्। अहिले सेना मात्र होइन, अन्य व्यापारीले पनि अर्डर गर्ने गरेका छन्।

अहिले त्यहाँका सञ्चार माध्यमले भव्यताका साथ युक्रेनको स्वतन्त्रता दिवस मनाउँदा अन्य कुनै कुराको परवाह नगर्ने भएका छन्। ‘यो हाम्रो स्वतन्त्रता दिवस हो। हामीलाई अन्य कुनै कुराको परवाह छैन’, त्यहाँको एक अनलाइनकी प्रमुख सम्पादकले भनिन् ।

त्यस सञ्चार माध्यम रुसी आक्रमणको केही दिन अगाडि सुरु भएको थियो। अङ्ग्रेजी भाषाको त्यो पोर्टलमा अहिले लाखौँ फलोअर छन्।
। उनले आफ्नो पेसा नै युक्रेनका लागि समर्पित गरेको बताएकी छन्। ‘गत फेब्रुअरीमा के हुन्छ अनिश्चित थियो। हामीलाई यस समयसम्म आफै जीवित हुने कुरामा शङ्का थियो। तर, अहिले हामीले स्वतन्त्रता दिवस मनाउन पाइरहेका छौं। यो अत्यन्त महत्त्वपूर्ण कुरा हो’, उनले भनिन्।

केही समय अगाडि युक्रेनका लागि ब्लायकसीको बाटो हुँदै अन्न निर्यात गर्ने बाटो खुला भएको छ। युद्ध सुरु भए यता यो नै एक मात्र कूटनीतिक खुड्किलो हो। युक्रेनले पाँचौँ भूभागमा पकड गुमाइ सकेको छ। स्वतन्त्रता दिवस मनाउँदा अन्यको सहयोगको आवश्यकता पनि युक्रेनलाई परिरहेको छ।

युक्रेनको इतिहास हेर्ने हो भने यो सन् १९१९ मा जनगणतन्त्र युक्रेनको रूपमा स्वतन्त्र राज्य थियो। सन् १९२२ मा युक्रेनले आफूलाई सोभियत सङ्घमा समाहित गरेको थियो। त्यसपछि सन् १९९१ मा सोभियत संघ विघटनको युगमा युक्रेन फेरि एक स्वतन्त्र राज्यको रूपमा अस्तित्वमा आएको हो। यस बीचमा युक्रेनले सात राष्ट्रपति पाइसकेको छ। वर्तमान राष्ट्रपति जेलेनोस्की त रुसी निसानामा पर्ने निश्चित छ। यसअघि राष्ट्रपति युसचेन्कोले पनि त्यस्तै ज्यादतीको सामना गरेका थिए।

युसचेन्कोलाई राष्ट्रपति बनाउने ‘अरेन्ज रेभुलुसन’ को पनि अहिले युक्रेनले स्वतन्त्रता दिवस मनाउँदा धेरैले सम्झने गरेका छन्। युक्रेनको राष्ट्रपति पदमा निर्वाचित हुनका लागि ५० प्रतिशत मत अनिवार्य छ। यदि पहिलो चरणमा ५० प्रतिशत मत कसैले पनि नपाएमा धेरै मत पाउने दुईका बीचमा दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।

सन् १९२२ मा युक्रेनले आफूलाई सोभियत सङ्घमा समाहित गरेको थियो। त्यसपछि सन् १९९१ मा सोभियत संघ विघटनको युगमा युक्रेन फेरि एक स्वतन्त्र राज्यको रूपमा अस्तित्वमा आएको हो। यस बीचमा युक्रेनले सात राष्ट्रपति पाइसकेको छ।

निर्वाचनमा युसचेन्को र तत्कालीन प्रधानमन्त्री भिक्टर यानुकोभिचको बीचमा प्रतिस्पर्धा भइरहेको थियो। यानुकोभीच निर्वाचनको गतिविधिमा धेरै अगाडि थिए। यसैबीच युसचेन्कोले युनाकोभिच रुसी समर्थक उम्मेदवार भएको तथा उनको समर्थनमा रुसी अधिकारी नै सक्रिय रहेको आरोप लगाए। यसपछि युक्रेनको सडकमा नै रुसविरुद्धमा प्रदर्शन भएको थियो। त्यस प्रदर्शनले संसारको ध्यान आकृष्ट गरेको थियो। यसै प्रदर्शनलाई युक्रेनको इतिहासमा ‘अरेन्ज रेभुलुसन’को नामले चिनिन्छ। त्यसपछि भएको राष्ट्रपति निर्वाचनमा युसचेन्कोले ५२ प्रतिशत मतसहित सफलता पाएका थिए।

अरेन्ज रेभुलुसनसँग जोडिएको र चर्चामा रहेको युसचेन्कोको विष काण्ड थियो। सेप्टेम्बर २००४ मा युसचेन्को नराम्रोसँग बिरामी भए। अनुहारमासमेत खटिरा आएका उनलाई अस्ट्रियाको भियनामा रहेको अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको शरीरमा डायोक्सीनको प्रभाव थियो। एक हजार गुणा बढी डायोक्सीनको मात्रा भेटिएपछि उनले पोइजन सेवन गरेको ठहर चिकित्सकले गरेका थिए।

निर्वाचनमा युसचेन्को र तत्कालीन प्रधानमन्त्री भिक्टर यानुकोभिचको बीचमा प्रतिस्पर्धा भइरहेको थियो। यानुकोभीच निर्वाचनको गतिविधिमा धेरै अगाडि थिए। यसैबीच युसचेन्कोले युनाकोभिच रुसी समर्थक उम्मेदवार भएको तथा उनको समर्थनमा रुसी अधिकारी नै सक्रिय रहेको आरोप लगाए।

त्यसै समयमा युसचेन्कोले राजनीतिक प्रतिशोधले आफूलाई मार्न यी सबै गरिएको बताएका थिए। उनले कहाँ र कसरी पोइजन सेवन गरे निश्चित छैन। तर, एक पटक रुसी अधिकारी र युक्रेनी अधिकारीको बीचमा रात्रि भोजको आयोजना भएको थियो। त्यसै रात्रि भोजपछि उनी बिरामी भएका थिए। यो कुरा पुष्टि त भएको छैन। तथापि अनुमान निर्वाचनमा रुसको विरुद्धमा आवाज उठाएका कारण नै उनलाई त्यो खुवाइएको हो र त्यो पनि रुसले गरेको भन्ने नै छ। रुससँगको युद्धकैबीच स्वतन्त्रता दिवस मनाइरहेको युक्रेनका लागि दुई राष्ट्रपति युसचेन्को र जेलेनोस्की समान आदर्श पात्र बनेका छन्। स्रोत : यूएसए टुडे, बीबीसी

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

कमलेशको कला ः निर्जीव पत्थरमा चित्रको उडान

एउटा कलाकारले ढुंगामा कला देख्छ । ढुंगामा वेपर्वाह छिनो चलाउँछ

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक

अपर मुस्ताङमा बाढीले बगाइदियो चलचित्र ‘एक्लो’ को ४० लाखको सेट

काठमाडौं- चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति

एसियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं– एएफसी यू-२० एसियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको