तलब नपाएको विरोध गर्ने ६० आप्रवासी देश निकाला « Khabarhub

तलब नपाएको विरोध गर्ने ६० आप्रवासी देश निकाला



दोहा – कतारमा कम्पनीले तलब नदिएको भन्दै विरोध गर्ने ६० आप्रवासी कामदारलाई देश निकाला गरिएको छ ।

६ महिनाको तलब नपाएको विरोधमा सडकमा उत्रिएका ६० जना कामदारलाई पक्राउ गरी देश निकाला गरिएको कतारको आप्रवासी अधिकारले जनाएको छ । सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै कतारले नेपालसहित भारत, बङ्गलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको हो।

सार्वजनिक सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको थियो। ‘अहिले अनुसन्धान चलिरहेकोले व्यक्तिगत विवरण खुलाउन सकिँदैन’, कतारी सरकारी अधिकारीले दोहा न्युजलाई पठाएको विज्ञप्तिमा भनेको छ ।

कतारको राजधानीको अल साद जिल्लामा गत हप्ता दर्जनौँ श्रमिकहरू आफ्नो रोजगारदाता कम्पनी अल बन्दरी इन्जिनियरिङसँग भुक्तानीको माग गर्दै भेला भएर प्रदर्शन गरेका थिए। कामदारहरूले कम्पनीको दोहास्थित कार्यालयसामु अगस्ट १४ मा र्‍याली र विरोध प्रदर्शन गरेका थिए।

गत महिनाको अल बन्दरी इन्जिनियरिङ, ट्रेडिङ र कन्ट्र्याक्टिङका ​​कर्मचारीहरूले सात महिनाभन्दा बढी समयदेखि तलब नपाएको बताएका थिए। २०८ भन्दा बढी श्रमिकले श्रम मन्त्रालयमा उजुरी दिएको बताएका थिए ।

गत मार्च महिनामा पनि बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफूहरूले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाली लगायत अन्य देशका गरी ४ हजार भन्दा बढी श्रमिकहरुले सडकमा कम्पनीविरुद्ध प्रदर्शन गरेका थिए ।

कतारको २०१५ कानुनमा कतारले सरकारको ज्याला संरक्षण प्रणाली (डब्लु पीएस ) को परिचय दिएको छ। जस अन्तर्गत कम्पनीहरूले प्रत्येक महिनाको सातौँ दिनमा प्रत्यक्ष बैङ्कमार्फत कामदारहरूले भुक्तानी प्राप्त गर्ने सुनिश्चित गरेको छ ।

कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरूका साथै घरेलु कामदारहरूले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने व्यवस्था छ । यो पारिश्रमिक गत वर्षको मार्चदेखि नै कार्यान्वयनमा आए पनि अहिलेसम्म धेरै कम्पनीहरूले लागू नगरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाउँदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ७ : ५२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल