काठमाडौँमा बालेनको ‘ब्लास्ट’ कार्यशैली | Khabarhub Khabarhub

काठमाडौँमा बालेनको ‘ब्लास्ट’ कार्यशैली

‘जसले स्वतन्त्र मेयर जित्नुको औचित्य पुष्टि गर्दैछन्’


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : एउटा मेयरले चाहेको खण्डमा के कति काम गर्न सकिन्छ ? भन्ने प्रमाण काठमाडौँका मेयर बालेन शाहले विस्तारै प्रमाणित गरिरहेका छन् । जबकी कुनै बेला काठमाडौँमा सडक फराकिला बनाउन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले मात्रै डोजर प्रयोग गर्ने हिम्मत गरेका थिए ।

अहिले काठमाडौँमा अवैध संरचना भत्काउन र सडक फराकिलो होइन कि नगरपालिकाबाट अनुमति नै नलिइकन बनाइएका संरचना भत्काउन मेयर बालेन शाह आफैँले डोजर चलाएका छन् । कर्मचारीमा त्यो हिम्मत नआउँला भनेर उनी आफँैले डोजर बोकेरै आफ्नै अगाडि संरचना भत्काउन लगाएका छन् ।

त्यो पनि काठमाडौँको मुटु मानिने काठमाडौँ मल, न्युरोडको आरबी कम्पलेक्स अनि दरबारमार्ग पनि । बालेनले प्रक्रियागत रुपमै अवैध संरचना भत्काएको स्पष्ट पारेका छन् । ३५ दिने सूचना निकाल्दा पनि बेवास्ता गरिएको भन्दै बालेनले डोजर लिएर अवैध संरचना भत्काउनुपरेको बताएका हुन् ।

त्यति मात्रै होइन, नक्सा पासको अनुमति नलिए काठमाडौँ जिल्ला अदालतमा पनि डोजर चलाउने चेतावनी बालेन शाहले दिएका छन् । महानगरपालिकाले अदालतसँग नक्सा पासको कागजपत्र माग गरेको छ । अहिले पार्किङमा अरु सामान राखेर सडकलाई पार्किङ बनाइएको विषयमा बालेनले ध्यानपूर्वक काम गरिरहेका छन् । यसअघि उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि डोजर चलाउन खोजेका थिए । बाहिर सडककै जग्गामा अवैध संरचना बनाएपनि बालेनले त्यो हटाउन भनेका थिए ।

तर नेपालको सबैभन्दा ठूलो घरानिया समुह चौधरी ग्रुपले सर्वोच्च अदालतमा रिट हालेर बालेनलाई डोजर चलाउन रोकेको थियो । नर्भिकमा रोकिदा बालेन अन्तका अवैध संरचना भत्काउन कम्मर कसेर लागेका छन् । यो उनको सुरुवाती कदम देखिन्छ ।

काठमाडौँको सडकलाई फराकिलो बनाउने, अझै व्यवस्थित बनाउने र अवैध संरचना बनाएर व्यापारीले पैँसा कमाउने बाटो बनाएपछि आक्रोशित बनेका बालेन यतिबेला स्वतन्त्र मेयरको औचित्य पुष्टि गर्दै धमाधम काममा लागिरहेका छन् ।

जबकी यसरी यति स्वतन्त्र भएर कुनै दलको उम्मेद्वारले काम गर्न सक्दैन । सकेको खण्डमा पनि आजको कदम भोलि नै उल्टिने, त्यसमा पनि पछाडि हुट्नुपर्ने बाध्यता हुन सक्छ । तर स्वतन्त्र रुपमा उम्मेद्वारी दिएर चुनाव जितेका बालेनलाई त्यो बाध्यता छैन । त्यही भएर उनी काठमाडौँ उपत्यकाको भद्रगोलमा सलंग्नलाई कारबाही गर्न ‘ब्लास्ट’ शैलीमा उत्रिएका छन् ।

यसअघि काठमाडौँ उपत्यकाको फोहोर उठ्न नसकेको भन्दै बालेनको चर्को आलोचना भएको थियो । जतिबेला उनीमाथि शीर्ष राजनीतिक दलका नेताहरुले नै चर्को आलोचना गरेका थिए । आफैँले अवरोध खडा गरेर फोहोर लैजान नदिने, अनि बालेनमाथि दोष थोपरेर उनलाई असफल बनाउने खेल चलिरहदा बालेनले भने केही सकारात्मक कदमको सुरुवात गर्न खोज्दा झेल भएको थियो ।

तर अहिले उनी यस्ता बाधा व्यावधानबाट डटेर अघि बढ्दै छन् । त्यति मात्रै होइन, एक परिपक्व व्यवसायिक राजनीतिज्ञका रुपमा उनी अघि बढ्न खोजिरहेका छन् । जसका लागि बालेनले गर्नुपर्ने काममा कही कतै रोकावट नदेखियोस् । यसका लागि उनले ठूलो कदम उठाएका छन् ।

काठमाडौँमा अव्यवस्थित पार्किङ, अवैध संरचना हटाएर काठमाडौँलाई व्यवस्थित गर्ने बालेनको योजना राम्रो छ । तर जुन योजना उनको छ । त्यो सानो भने छैन । यसलाई बृह्त बनाउने उनको योजनाले थप मुर्त रुप पाउन सक्छ । तर त्यसका लागि पनि थुप्रै काम गर्नुपर्ने दायित्व उनीमाथि छ ।

त्यससँगै काठमाडौँ उपत्यकालाई साच्चिकै पर्यटकीय सहर बनाउने, व्यवस्थित गर्ने, पार्किङ व्यवस्थित गर्ने, सडकका तार हटाएर व्यवस्थित गर्ने, हरेक पर्यटकीय क्षेत्रलाई सफा, सुग्घर, व्यवस्थित र हेर्नलायक बनाउने जस्ता थुप्रै काम छन् ।

बालेनले कम्तीमा एक वर्षभित्र यी कामको सुरुवात गरेको खण्डमा मात्रै पनि पाँच वर्षमा उनले ठूलो सफलता हात पार्नेछन् । साथै काठमाडौँ उपत्यका मात्रै होइन, नेपालको मुहार फेर्न सक्ने सक्षम व्यक्तिका रुपमा दरिनेछन् । यसका लागि स्वयंम बालेन आज, भोलि मात्रै होइन निरन्तर सक्रिय भएर लाग्न जरुरी छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ५० बजे

‘भिजिट भिसा’ समस्या २०६४ सालदेखिकै हाे : प्रचण्ड

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’

सुन तोलामा २५ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक