एमालेको चुनावी राष्ट्रवादमा राष्ट्रपतिको दुरुपयोग ! | Khabarhub Khabarhub

एमालेको चुनावी राष्ट्रवादमा राष्ट्रपतिको दुरुपयोग !

नागरिकता विधेयकमा खेलेर राष्ट्रपतिलाई देखाउँदै भोट तान्ने दाउ


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बुधबार बिहान अकस्मात सञ्चारमाध्यममा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको समाचार छायो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको थियो ।

ओली र देउवाबीचको भेट जुन रुपले अर्थपूर्ण मानियो । त्यो कुरा बाहिर आएन । खासगरी आगामी चुनावमा सम्भावित सत्ता गठबन्धन कसरी अगाडि बढ्ने र त्यसमा एमाले कुन रूपमा प्रस्तुत हुने भनी स्पष्ट जानकारी पाउन ओली बालुवाटार पुगेका थिए ।

वाम एकताका लागि प्रचण्ड र माधव नेपाललाई फकाउने पूरा प्रयास असफल भएपछि ओली आफैँ बालुवाटार पुगेर नयाँ रणनीति बनाउने दाउमा छन् । जसमा उनले पहिलो कार्ड फ्याके, नागरिकता विधेयकमा राष्ट्रपतिको राजीनामा ।

राष्ट्रपति विद्यादेवी भण्डारी एमाले भएका कारण पार्टीको चुनावी मुद्दा र एजेन्डा तथा सम्भावित रणनीतिका विषयमा ओली र भण्डारीबीच राम्रै छलफल भएपछि यसका बारेमा बालुवाटारलाई तर्साउनुपर्ने कारण बनेको थियो ।

प्रचण्ड र माधव नेपाललाई साथमा लिएर प्रधानमन्त्री बन्ने तथा चुनावमा गएर दुई तिहाइ बहुमत ल्याउने गठबन्धनको योजनालाई धक्का दिन ओली बालुवाटार पुगेर देउवालाई तर्साउँदै थिए ।

तर त्यो कुरा गोप्य रह्यो । जब शीतलनिवासमा सुरक्षाकर्मीलाई बोलाएर आफूले राजीनामा दिने संकेत राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्, त्यसपछि यो समाचार सञ्चारमाध्यममा छायो । जुन कुरा बुधबार बिहानै बालुवाटारमा भइसकेको थियो ।

बालुवाटारमा ओली र देउवा भेट्दा प्रचण्ड चितवन पुगेका थिए । तर बेलुकीसम्म राष्ट्रपतिले राजीनामा दिन सक्ने कुरा आएपछि बालुवाटारमा ओली, प्रचण्ड, माधव नेपालसहित सत्ता गठबन्धनको बैठक बस्यो ।

जहाँ राष्ट्रपति भण्डारीको राजीनामाको विषयलाई लिएर चर्चा तथा छलफल भयो । देउवाले राष्ट्रपतिले राजीनामा दिँदा आउँदो चुनावलाई असर गर्ने हो कि भन्ने चिन्ता गरेका थिए । तर प्रचण्डले राष्ट्रपतिले राजीनामा कार्ड खेल्न खोजेको जवाफ फर्काए ।

राष्ट्रपतिको राजीनामा कार्ड देखाएर एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनसँग खेल्न खोजेको प्रचण्डको स्पष्टोक्ति थियो । चुनावमा फेरि नागरिकता विधेयकलाई उचालेर राष्ट्रवादको फेरो समात्न सकिन्छ कि भन्ने ओलीको दाउ रहेको कुरा बुझ्न गाह्रो छैन ।

राष्ट्रपतिको राजीनामालाई लिएर एमाले खेल्न खोजेको विषय भने नयाँ रह्यो । आन्तरिक रूपमा चुनावमा कुन हदसम्म रणनीति बनाउने भन्नु कुरा दलकै नेताहरूमा भर पर्छ । तर बेला न कुबेला राष्ट्रपतिको राजीनामा कार्ड खेल्ने कुरा कम्तीमा देश र जनताका लागि सोचनीय विषय होइन ।

नागरिकता विधेयक संसदबाट फेरि हुबहु आएको खण्डमा त्यसलाई प्रमाणीकरण नगर्ने, आउँदो संसद्लाई पठाउने अधिकार राष्ट्रपतिसँग सुरक्षित छ । त्यो उनको अधिकार प्रयोग गर्न पाउँछिन् । र, आवश्यक लागेको खण्डमा उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्न पनि सक्छिन् ।

तर त्यसका लागि चुनावी फण्डा बनाउनु कम्तीमा शीतलनिवासबाट आस गरिएको विषय होइन । यसतर्फ शीतलनिवासले समयकै ध्यान पुर्‍याउनुपर्छ । यद्यपि राष्ट्रपतिको सचिवालयले यसबारेमा खण्डन गरिसकेको छ । तत्काल राष्ट्रपतिले राजीनामा दिने कुरा हल्ला मात्रै भएको तथ्य सार्वजनिक भइसकेको छ ।

यस्तो अवस्थामा बालकोटमा ओलीले शीतलनिवासलाई आफू अनुकूल प्रयोग गर्न खोजेर राष्ट्रपति जस्तो संस्थालाई चुनावी मुद्दालाई जोडेर बालुवाटार तर्साउन खोज्नु उपयुक्त होइन । जसको ढिलो चाँडो असर स्वयंम ओलीकै राजनीतिमा पर्ने निश्चित छ ।

जसरी राष्ट्रपतिले राजीनामा दिने कुरा जुन सञ्चारमाध्यमबाट सुरुमा फैलियो, त्यो हेर्दा पनि एमालेले चुनावी मुद्दामा राष्ट्रपतिको राजीनामा हल्ला चलाउने प्रयास गरेको देखियो । जुन असफल त भएको छ । तर यस्ता स साना विषयमा हल्ला चलाउनु शोभनीय होइन ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १२ : २६ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै