मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै आएका अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो ।

उक्त मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रवक्ता भट्टले बताए । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ०४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा