तीन दललाई निर्वाचन चिह्न प्रदान « Khabarhub

तीन दललाई निर्वाचन चिह्न प्रदान


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न आज प्रदान गरेको छ । आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई मागबमोजिमकै तत्तत् निर्वाचन चिह्न प्रदान गरेको हो ।

उक्त चिह्न तत्तत् दलको निर्वाचन चिह्नका रूपमा रहनेगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्कालअघि कायम रहेको प्रतिनिधिसभा÷प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमका आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गरिनेछ । यसरी निर्धारण गरिएका निर्वाचन चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ३६ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल