विदेशी दबाब बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थपा « Khabarhub

विदेशी दबाब बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थपा


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन्।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह गरे।

मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : २६ बजे

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर