आपूर्ति असफल भएपछि पुटिनले गरे जनरल बर्खास्त « Khabarhub

आपूर्ति असफल भएपछि पुटिनले गरे जनरल बर्खास्त


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् ।

उपरक्षामन्त्री जनरल दिमित्री बुल्गाकोभलाई शनिबार उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए ।

मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ५८ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय